उद्घोषण कला तथा नेतृत्त्व विकास तालिम
पोखरा। पोखराको संगम वचत तथा ऋण सहकारी संस्था लिमिटेड शिक्षा, तालिम तथा सुचना उपसमितिले आयोजना गरेकोउद्घाघोषण कला तथा नेतृत्व विकास तालिम शनिबार पोखरामा सम्पन्न भएको छ।
समापन समारोहमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले सहकारीलेमहिलाको आर्थिक शसक्तिकरणमा महत्त्वपूर्ण भुमिका खेलेको वताउनु भयो। मुलुकको राजनीतिक ,सामाजिक , आर्थिक लगायतकाक्षेत्रमा महिलाको उपस्थिति कम रहेको उल्लेख गर्दै उहाँले नेतृत्व विकास तालिमले महिलालाई नेतृत्व तहमा पुर्याउन सहयोगी भुमिकाखेल्ने विश्वास व्यक्त गर्नु भयो।
पछिल्लो समयमा सहकारी संघसंस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्याएको उहाँको भनाइ थियो।तालिममा सिकेकोसिपलाई व्यवाहारमा उतार्न उहाँले सहभागीहरुलाई आग्रह समेत गर्नुभयो ।
सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक स्कुलको खाजा अभियानमा सहयोग, राष्ट्रिय आविष्कार केन्द्रको पिपिइउत्पादन कार्यमा सहयोग, बृद्दाश्रममा सहयोग लगायत विभिन्न कार्यहरु गर्दै आइरहेको सहकारीले सदस्यहरुलाई स्वरोजगारतर्फ उन्मुखगराउने उदेश्यका साथ सेनिटरी प्याड बनाउने, चुरापोते बनाउने, फेब्रीकको माला बनाउने जस्ता सिपमुलक तालिम पनि दिदै आएकोसहकारीका कार्यवाहक अध्यक्ष नवराज तिवारीको भनाइ थियो।
त्यसैगरी कार्यक्रममा बोल्दै सहकारीका शिक्षा ,तालिम तथा सुचना उपसमितिका संयोजक तीलक थापाले महिला लक्षित कार्यक्रमअन्तर्गत तालिम आयोजनामा गरिएको जानकारी दिनुभयो ।कोभिड महामारीको समयमा जनस्वास्थ्यका मापदण्डअनुसार तालिमसंचालन गरिएको उहाँको भनाइ थियो।
कार्यक्रममा ऋण उपसमिति संयोजक भरत बहादुर थापा,संचालक समितिका सदस्य विष्णु कुमारी थापा,कार्यक्रम संयोजक तुल बहादुरगुरुङ ,उपसमिति सदस्य सरस्वती अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट शर्मिला कुवँर,लक्ष्मी गुरुङ ,दुर्गा देवी कुवँर र विनु देवकोटाले अनुभव मन्तव्य राख्नु भएको थियो।
सहकारीका महिला शेयर सदस्यका लागि ५ दिन सम्म संचालित तालिमलाई शिक्षा तालिम तथा सुचना उपसमितिका संयोजकमानवअधिकारकर्मी तीलक थापाले सहजिकरण गर्नु भएको थियो।
सुगम सहकारी सँगको मर्ज पछि पालिखे चोकबाट समेत सेवा दिदै आएको यस संस्थाको प्रधान कार्यालय राम बजार , पोखरा १५ मारहेको छ । कुल ६१ करोडको वासलात रहेको सहकारीको कर्जा लगानी ४५ करोड छ भने सहकारीले गत आर्थिक वर्षमा जग्गा समेतखरिद गरेको छ ।
सहकारीका कार्यवाहक अध्यक्ष नवराज तिवारीो अध्यक्षतामा भएको कार्यक्रम संचालन प्रशिक्षार्थी एलिजा पराजुलीले गर्नुभएको थियो।
Need Help To Grow Your Business?
Investment Expert will help you start your own company.
Get In TouchInnovative Tools for Investor
We employ a long-established strategy, sector-focused investing across all of our markets globally...
Learn More