अन्तर्राष्ट्रिय नारी दिवसमा संगमको सचेतना कार्यक्रम
मिति २०७८ फागुन २४ गते मंगलबार यस संस्थाले ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पाठेघरको मुखको क्यान्सरको निशुल्क परीक्षणका साथै स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री निरज थापाज्यूको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीमा सभापति निरञ्जन श्रेष्ठले बिशेष अतिथिको आतिथ्यता ग्राहण गर्नु भएको थियो । महिला सशक्तिकरण उपसमितिको आयोजना र नेपाल परिवार नियोजन संघ, कास्कीको प्राविधिक सहयोग रहेको कार्यक्रममा प्रशिक्षक नर्स अन्जना भण्डारीले आमा बनेका हरेक महिलाहरुले पाठेघर र स्तन सम्बन्धी स्वास्थ्य परीक्षण प्रत्येक वर्ष गर्नुपर्ने बताउनु भएको थियो । स्वास्थ्य परीक्षण गराएका मध्ये ४ जनालाई अस्पताल गई थप जाँच गर्न सल्लाह दिईएको थियो ।
बिशेष अतिथि निरञ्जन श्रेष्ठले आउने दिनमा पनि संगम सहकारीसँग आफ्नो संस्था सहकार्य गर्न तयार रहेको बताउनु भयो भने संस्थाका अध्यक्ष निरज थापाले नारी दिवसको शुभकामना दिदै संस्थाले महिला लिक्षित विभिन्न कार्यक्रम गर्न सफल भएकोमा धन्यबाद सहित खुसी व्यक्त गर्नु भएको थियो ।
सहकारीका उपाध्यक्ष एवं नेपाल परिवार नियोजन संघ, कास्की शाखाका प्रमुख नवराज तिवारीले प्रजनन् स्वास्थ्यको विषयमा महिलाहरु बढी सचेत हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका वरिष्ठ व्यवस्थापक वृहस्पति अधिकारी, शिक्षा, तालिम तथा सूचना उपसमिति संयोजक तिलक थापा, सोही उपसमिति सदस्य सरस्वती अधिकारी, कार्यक्रम संचालक एवं महिला सशक्तिकरण उपसमिति संयोजक विष्णु कुमारी थापा र सोही उपसमिति सदस्य शोभा कुँवरलगायतले बोल्नु भएको थियो ।
Need Help To Grow Your Business?
Investment Expert will help you start your own company.
Get In TouchInnovative Tools for Investor
We employ a long-established strategy, sector-focused investing across all of our markets globally...
Learn More